कलैया । सिम्रौनगढ नगरपालिकामा तेस्रो पटक पुन: प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिओम प्रसाद जयसवालले पाएका छन । शुक्रवार एक कार्यक्रम का बीच नगरपालिका का जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका हुन् । उनी तेस्रो पटक अथार्त १४ औ प्रमुख प्रशासकीय अधिकृत को रुपमा जिम्मेवारी सम्हालेका हुन् । यस भन्दा अघि उनी सिम्रौनगढमा १० औ र १२ औं प्रमुख प्रशासकीय अधिकृत को रुपमा जिम्मेवारी सम्हालेका थिए ।

स्वागत कार्यक्रम पश्चात् जयसवालले , “पहिलो पटक नगरपालिका मा कार्यभार सम्हाल्दा कोरोना काल नै थियो । आफू काम गर्दै गर्दा आयुर्वेद तर्फ सरुवा भयो म फेरि यही कार्यालय मा हाकिम को रुपमा आएको छु । उनले मेरो निष्टा , इमान्दारी , एवं कर्तव्य को परिणाम ले यहाँ सम्म आएको बताउनु भयो ” ।

प्रमुख प्रशासकीय अधिकृत जायसवालले प्रसिद्ध एतिहासिक पर्यटकिय एवम् धार्मिक स्थल सिम्रौनगढलाई सौन्दर्यकरण गरी आन्तरिक एव बाह्य पर्यटक भित्र्याउन जरुरी रहेको र यसका साथै बिश्व सम्पदा सुचिमा सिम्रौनगढलाई आफू प्रयास गर्ने समेत बताउनु भयो । कार्यक्रममा विभिन्न वडा का वडा अध्यक्ष , वडा सदस्य , कर्मचारीहरु को उपस्थिति रहेकोे थियो । कार्यक्रमको सँचालन प्रशासन शाखाका जयनरायण यादवले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर