कलैया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको बुधबार (भोलि ) महोत्तरी आउने भएका छन् ।
महोत्तरीमा भोलि जनसभा लाई सम्बोधन गर्न र रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभू्रत स्वास्थ्यचोकी र एक कोभिड हस्पिलको संयुक्त रुपमा उदघाटन गर्न उनी भोलि आउन लागेका हुन ।
उक्त कार्यक्रम गत शनिबार नै निर्धारण भएपनि प्रचण्ड बिरामी भएपछि स्थगित गरिएको थियो।