कलैया । महोत्तरीमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरी गाउँपालिका २ अनैठा बस्ने ६५ वर्षीया मरनी देवी रहेको प्रहरीले जनाएको छ । घुर ताप्ने क्रममा जलेर सिकिस्त भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रब्क्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनु भयो ।
गत कात्तिक २६ गते आफ्नै घरमा घुर ताप्ने क्रममा उनले लगाएको साडीमा आगो लागेको थियो । त्यही आगो सल्केर उनको शरीर समेत जल्दा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको डिएसपी विष्ट ले बताउनु भयो ।
मृतकको शव पोष्टमार्टम गराई आफन्तलाई बुझाइसकिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताउनु भयो ।