कलैया । आज नोभेम्बर २१ विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसङ्घको महासभा बैठकले हरेक वर्षको नोभेम्बर २१ तारिखको दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो । उक्त निर्णय संगै यो दिवस मनाउन थालिएको हो ।

सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ ।सन् १९७० को दशकमा विश्वका ६० वटा देशमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा हाल दर्जनौ भन्दा धेरै टेलिभिजन च्यानल प्रसारणमा छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर