साजिर मसूर , कलैया । नेपाली काङ्ग्रेसको आशन्न १४ औ महाधिवेसनका लागि कलैया उपमहानगरपालिकाको सभापतिका लागि सन्स्थापन पक्षले पदाधिकारीको नाम टुङ्गो लगाएको छ ।

संस्थापन पक्षका देउवा निकटका प्रभावशाली नेता केन्द्रिय सदस्य एवम पुर्व मन्त्री फरमुल्लाह मन्सूरको प्रमुख आतिथ्यमा भएको कार्यकर्ता भेलामा कलैया उपमहानगरको सभापती पदमा पुरुशोतम पाण्डेलाई अघि सारिएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादबले बताएका छन।

यस्तै उप सभापतीमा अम्बिका प्रसाद यादब र नुर हसन मन्सूर,सचिवमा मुकेश यादब र सुरेश साह तेलि,सह सचिवमा सुभाश जयस्वाल र मेहिलाल चौधरीलाई अगाडि सारिएको काङ्ग्रेस नेतृ तथा पुर्व मन्त्री कलावती पास्वानले जानकारी गराएकी छन ।

उक्त अवसरमा काङ्ग्रेस प्रभावशाली नेता, केन्द्रीय सदस्य तथा सम्बिधान सभा सदस्य राधेचन्द्र प्रसाद यादब,काङ्ग्रेस बाराका सभापती जय चन्द्र प्रसाद चौरसिया,कलैया ४ का वडा अध्यक्ष जट्टाशन्कर सहनी,२५ का अध्यक्ष राजेस्वर स्वर्णकार सहित काङ्ग्रेसका नेताहरुको उपस्थिति रहेको थियो । नगरको चुनाव यहि मङ्सिर ७ गते हुने तय गरिएको छ । सन्स्थापन ईतर गुटबाट सन्जय गुप्ता सहितका प्यानल यस अघि नै चुनावी प्रतिस्पर्धामा आईसकेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर