कलैया । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपुरस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

कोरोना भाइरसको महामारीपछि विद्यालय खुलेदेखि पनि शिक्षक अभावका कारण पाठ्यक्रम शुरुवात समेत नभएको एस ई ई मा अध्ययनरत विद्यार्थी कृष पटेलले दुखेसो पोखेका छन् । उनका अनुसार विद्यालयमा नेपाली, विज्ञान र अर्थशास्त्र विषयको शिक्षक नहुँदा १ पाठ पनि पढाई हुन सकेको छैन ।

विद्यालयभित्र शिक्षकको व्यवस्थापन, पठनपाठनभन्दा पनि बढी राजनीति हुने गरेको विद्यार्थीहरुको आरोप छ । विद्यालयका प्रधानाध्यापक ध्रुब रामले शिक्षक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएपनि अरु शिक्षकहरुले प्रधानाध्यापक रामविरुद्ध मुद्धा दर्ता गरेर काम गर्न नदिएको विद्यार्थीहरुको भनाई छ ।
प्रधानाध्यापक रामसँग कुरा गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललन राउत कुर्मीले आफु धान काट्ने काममा व्यस्त भएको प्रतिक्रिया दिए ।

शिक्षक व्यवस्थापन गरेर पठनपाठनलाई तिव्रता दिनुपर्ने माग धेरै पटक गर्दा पनि मागको सम्बोधन हुन नसकेको विद्यार्थीको भनाई छ । अब विद्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिने चेतावनी पनि विद्यार्थीहरुले दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर