रबिन्द्र प्रसाद साह,कलैया । कलैया उपमहानगरपालिका वडा नं. ३ भवानीपुरमा रहेको दलित धर्मशालामा रहेको शहरी गरीबी निवारण मंचको प्राङ्गणमा आज “३१औँ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न मनोरन्जनात्मक क्रियाकलाप सम्पन्न” गरिएको छ।
मंचको आयोजना तथा लुमन्ति आवाशको लागि सहयोग समूह कलैयाको सहयोग मा सो कार्यक्रम सम्पन्न गरिएको थियो।
सो कार्यक्रम मंचका अध्यक्ष रबिन्द्र प्रसाद साहको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो।
सो अवसरमा विभिन्न ३ ओटा मनोरञ्जनात्मक खेलकुदहरु आयोजना गरिएको थियो। सो खेलकुदमा प्रथम , द्वितीय र तृतीय स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई कापी, जुमेट्रिक बक्स, सिसाकलम, इरेजर कटर लगायतको स्टेशनरी सामग्रीहरू पुरस्कार स्वरुप वितरण गरिएको थियो।
सो खेलकुदमा कलैया उपमहानगरपालिकाका ७ ओटा प्राथमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
सो कार्यक्रममा विशिष्ट अतिथीहरु पूर्व राज्य मन्त्री कलावती पासवान , कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथुराम साह , शिक्षा शाखा अधिकृत विजय अधिकारी, अतिथिहरूमा लुमन्तिका कार्यछेत्र संयोजक अब्दुल कैश , दिप शिखा महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष रामरती पासवान , प्रधानाध्यापकहरु शिक्षकहरू, अन्य संघसंस्थाहरूका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो।
सो कार्यक्रममा स्वागत मन्तव्य लुमन्तिका सामुदायिक सहजकर्ता अनिल मन्डलको रहेको थियो भने सञ्चालन लुमन्तिका सामुदायिक सहजकर्ता सूर्य राज पासवानको रहेको थियो।