कलैया । सरकारले ४९ सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार केही दिन अघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन् ।

कलैया उपमहानगरपालिका मा सहसचिव तिर्थराज चिलुवाल आउने भएका छन् । यस भन्दा अघि कलैया मा उपसचिव प्रमुख प्रशासकीय अधिकृत भेएर काम गर्दै आएका थिए । तर मन्त्रालय ले अब रिक्त रहेको सहसचिव मा अब चिलुवाल लाई पठाउने निर्णय गरेको छ ।

कलैयामा पहिलो पटक सहसचिव टोकराज पाण्डे आएका थिए त्यस पश्चात् उपसचिव नै प्रमुख प्रशासकीय अधिकृत को रुपमा कार्यरत छन । हाल कलैया को प्रमुख प्रशासकीय अधिकृत मा उपसचिव नाथु साह छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर