कलैया । बालिकालाई जबरजस्ती गरेको आरोपमा पर्सा बाट १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बस्ने २१ वर्षका अब्दुल कादिर अन्सारी रहेका छन् ।
१५ वर्षीय वालिकालाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरि दिने जस्ता अनेकौ किसिमका प्रलोभन देखाई गत जेठ १० गते देखि असोज ०६ गते सम्म जीराभवानी गाउँपालिकाका विभिन्न स्थान तथा खेतमा लगी पटकपटक जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा उनलाई प्रहरी ले पक्राउ गरेको छ ।
उनलाई पक्राउ गरि जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जानकारी दिएको छ ।