कलैया । नेपाली कांग्रेसको १४ महाअधिबेशनमा महागढीमाई नगरपालिकाको नगर अधिबेशनमा नगर सभापतिमा भुलेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् । ऊनी आफ्नो प्रतिद्वन्दी भन्दा ४ मत बढी ल्याएर बिजय भएको हुन ।

उनको प्रतिद्वन्दी रामनारायण प्रसाद यादवले कुल मत ८२ प्राप्त गरेका थिए भने ऊनी ८६ मत प्राप्त गर्नु भएको हो। त्यस्तै उपसभापतिमा अर्जेन्द्र प्रसाद यादवले ६ मत र रामभजन प्रसाद यादवले १ मत बढी ल्याएर बिजय हासिल गर्नु भएको छ ।भने उनको प्रतिपक्षी जितनरायण प्रसाद तेली ८१ मत र दुर्गा प्रसाद साह कानुले ८० मत प्राप्त गरि पराजित भएको हुन ।

त्यस्तै सचिव पदमा हरिहर प्रसाद गुप्ताले ८८ मत र हजारी साह तेलीले ८४ मत प्राप्त गरेर विजय भएका हुन । उनको प्रतिद्वन्द्वी केदार प्रसाद यादवले ८३ मत र बिजय प्रसाद यादवले ८० मत प्राप्त गरेर पराजित भएका हुन ।

त्यस्तै ससचिवमा उमेश कुमार साहले ८३ मत र मुकेश कुमार साहले ८३ प्राप्त गरेका छन् । भने उनको प्रतिद्वन्दी भाग्यनरायन साह ८३ र जैसा खातुनले ८३ प्राप्त गर्नु भएको हो ।ससचिव पदमा सबैको मत बराबर भएकोले गोलापर्थाबाट ससचिव पदमा मुकेश साह कानु र उमेश कुमार साहले बिजय भएका हुन । नगरको कुल मतदाता संख्या १७७ मध्ये १७२ मत खसेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर