कलैया । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ ।

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान ११ बजे कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति ( सीसीएमसीसीको ) बैठक बस्ने सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले बताउनु भयो ।

दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भारत मा पनि देखिएको र नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह समेत गरेको छ । 
नयाँ भेरियन्ट अहिलेसम्म नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर