कलैया । बारा प्रहरी ले १२ घण्टा नबित्दै मोटरसाइकल चोर लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोहल्वी नगरपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय श्यामबाबु चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको जीतपर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जोखन पण्डितको घरबाट गए राति १२ बजे मोटरसाइकल चोरी भएको १२ घण्टा नबित्दै प्रहरीले चोरलाई पक्राउ गर्न सफल भएको हो । चौधरी २२० सिसिको पल्सर मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा जीतपुरसिमरा उपमहानगरपालिका वडा न.११ स्थित आमाटार भन्ने स्थानबाट प्रहरी ले पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीमाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना फरार भनिएका को खोजी समेत भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।