साजिर मन्सूर ,कलैया । अब समयको गति छयरोग बाट नहोस छती भन्ने नाराका साथ बारा सदरमुकाम कलैयामा ६८ औ रास्ट्रीय क्षयरोग नियन्त्रण दिवस को अवसरमा अन्तरक्रिया सम्पन्न भएको छ । मनकामना प्लस टु कलेजको हलमा आयोजना गरिएको कार्यक्रममा कलेजका बिद्यार्थीहरुलाई क्षय रोगको लक्षण उपचार बारेमा जानकारी गराईएको हो ।

२०१० सालमा हाम्रो देशमा नेपाल क्षय रोग निवारण संस्था को गठन गरि त्यसै दिनको सम्झनामा प्रत्येक बर्श यो र यस्ता खालका जनचेतना मुलक कार्यक्रम हुँदै आएको सन्स्था बाराका अध्यक्ष सुरेश मोदकले जानकारी गराए । अध्यक्ष मोदकले बारामा हाल ३५० जना जति बिरामी रहेको र यसको लागि सरकारले नियमित डट्स विधि द्वारा निशुल्क औषधि दिदै आएको बताए ।

क्षय रोग सरुवा रोग भएको र यसको नियन्त्रणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने मोदकले बताए ।
संस्था लाई जिवन्त राख्न ब्यक्तिगत रुपमा खटेर् काम गर्नु हुन्छ भन्दै प्रमुख अतिथि कुश्वाहले आयोजक संस्था लाई प्रसंशा गरे । सबैले यस्ता खालका समाजिक सेवाको लागि सहयोग गर्नुपर्ने बताए ।

आयोजक नेपाल छय रोग निवारण संस्था बाराको अध्यक्ष सुरेश मोदको अध्यक्षता एवम कलेजका निर्देशक रामबाबु कुश्वाहाको प्रमुख आतिथ्य सम्पन्न भएको कार्यक्रममा नेपाल स्काउट बाराको आयुक्त एवम छय रोग निवारण संस्थाका सचिव भरत साह,उपाध्यक्ष शंकर भट्टराई,सदस्य पहवारी महतो,सदस्य राजकुमार साह सहित कलेजका शिक्षकहरु तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर