कलैया । नेकपा एमालेको १० औ महाधिवेशनबाट उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । आज दिउँसो सार्वजनिक भएको मत परिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका हुन्।

उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाउनु भएको छ भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन् ।

शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन् । विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन् ।अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर