कलैया । जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ मधेश प्रदेश समिति को अध्यक्षमा रामबाबू कुमार यादव चयन भएका छन् ।
ऊनी बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्मा निर्वाचित समेत भएका छन् । २०७८ कार्तिक १५ गते बसेको प्रदेश परिपदको निर्णय अनुसार मधेश प्रदेश समितिको पदाधिकारी गठन गर्ने निर्णय अनुसार आज मंसिर १५ गते मधेस प्रदेश समिति गठन गरिएको हो ।
गठन गरिएको समिति मा अध्यक्षमा रामबाबु कुमार यादव , उपाध्यक्षमा रामपृत पासवान , शम्भु झा, शोप नारायण यादव , बृजमोहन तिवारी , राम सेवक यादव मुख्य सचिवमा दिनेश कुमार यादव , सचिवमा युसुफ अलि , निरा साह , शैलेश कुमार साह , कोषाध्यक्षमा रेणु यादव चयन भएका छन् ।