
कलैया । बारामा रहेको चार निर्वाचन क्षेत्र मध्ये नेपाली काङ्ग्रेसको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचित क्षेत्रीय सभापतिहरु घोषणा गरिएको छ।
शुक्रबार आएको मत परिमाण अनुसार नेपाली काँग्रेस बाराको क्षेत्र नम्बर १ को सभापतिमा बिजय कुमार यादव , क्षेत्र नम्बर २ को सभापति मा रामप्रवेश यादव , क्षेत्र नम्बर ३ को सभापति मा प्रभात चौरसीया र क्षेत्र नम्बर ४ को सभापतिमा सुनिल गुप्ता निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा खसेको ६४० मत मध्ये विजय शंकर यादवले ८० मतले विजय भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा खसेको मत मध्ये रामप्रवेश यादवको पक्षमा ३७६ र उपेन्द्र प्रसाद यादवको पक्षमा ३१३ मत परेको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ मा खसेको ५९८ मत मध्ये प्रभातकुमार चौरसियाको पक्षमा ३०२ मत र मुकेशकुमार कुश्वाहाको पक्षमा २९१ परेको थियो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा खसेको ५०३ मतमध्ये सुनिल गुप्ताको पक्षमा २८३ मत परेको थियो भने लालबाबु यादवको पक्षमा २१९ मत परेको थियो। निर्वाचित चार वटै क्षेत्रीय सभापतिहरु संस्थापन पक्षकारहेका छन् ।
२१ जनाको क्षेत्रीय समितिमा ७ पदाधिकारी र बाँकी जना सदस्य रहने व्यवस्था छ। एक सभापति दुई जना प्रदेश सभापतिहरु उपाध्यक्ष रहने व्यवस्था गरिएको छ। त्यसैगरि दुई सचिव र दुई सहसचिवसहितका पदाधिकारी रहने व्यवस्था छ।