कलैया । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कलैया उपमहानगरपालिका कमिटी अध्यक्षमा मुकेश साह चयन भएका छन् ।

कलैया स्थित करण राज पार्टी प्यालेसमा शनिबार सम्पन्न प्रथम अधिवेशन बाट मुकेश साह सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन । अधिवेशनले साह को अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी चयन गरेको हो । प्रथम अधिवेशन बाट उपाध्यक्षमा रमेश साह,सुनिल कुश्वाहा,आबिद हुसैन अंसारी,सचिवमा हसनजान अंसारी कोषाध्यक्षमा मिना सिंह रहेका छन् ।

अध्यक्षमा निर्वाचित साहले युवाहरुलाई केन्द्रित गरि कार्यक्रमहरुलाई अगाडि बढाउने बताउँदै उपमहानगरपालिकामा संगठनलाई बलियो बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर