कलैया । कलैया उपमहानगरपालिकाले कोभिड–१९ विरुद्धको खोप दैनिक १५० जनालाई लगाउने भएको छ । उपमहानगरले आज एक सूचना जारी गर्दै पहिलो डोज लगाउन छुटेकाहरु लाई मङ्सिर २१ गते मंगलवार देखि दैनिक १५० जना लाई भेरोसेल खोप लगाइने जनाएको छ ।

उपमहानगर का स्वास्थ्य संयोजक प्रेमचन्द्र जायसवाल द्वारा हस्ताक्षर गरिएको सूचनामा सम्पुर्ण स्वास्थ्य संस्था बाट मङ्सिर २१ देखि २३ गते सम्म तीन दिन दैनिक १५० जना लाई भेरोसेल को खोप लगाइने उल्लेख गरिएको छ ।

उक्त सूचना मा २३ गते पश्चात् छुटेका लाई पनि स्वास्थ्य शाखा मा सम्पर्क गरि खोप लगाउन भनिएको छ । तीन दिन भित्र खोप लगाउन छुटेकालाई प्राथमिकता दिएर थप केही दिन खोप कार्यक्रम लाई अगाडि बढाइने कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादवले बताउनु भयो । खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने उनले सूचना मा उल्लेख गरिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर