कलैया । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको छ ।

प्रदेशको महाधिवेशन बिहीबार नै उद्घाटन भए पनि निर्वाचन प्रक्रियाका लागि सोमबारसम्मै प्रतीक्षा गरिएको थियो । तर केही जिल्लाको क्षेत्रीय अधिवेशन हुन नसकेकाले प्रदेशको निर्वाचन महाधिवेशनपछि गर्ने निर्णय गरिएको  प्रदेश २ को महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले जानकारी दिनु भयो । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।

काँग्रेसको प्रदेश नेतृत्वको लागि अहिलेसम्म तीन जनाले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।  सभापति तथा प्रधानमन्त्री शेरवहादुरर देउवाको समूहबाट रौतहटका सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रन्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन् । 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर