काठमाडौ । हेलिकोप्टर दुर्घटनामा घाइते भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ ।उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बुधबार दिउँसो रावत चढेको होलिकोप्टर तामिल नाडुको कुनरमा दुर्घटना भएको थियो । पहाडमा खसेको हेलिकोप्टरमा आगो लागेको थियो । तत्काल उद्धार गरी तीन जनालाई जिवितै अस्पताल लगिएपनि एकजना बाहेक सबैको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा रावत पनि परे ।
१४ जना सवार हेलिकोप्टरमा भारतका रक्षा प्रमुख रावत सहित परिवारका सदस्य र उच्च सैनिक अधिकारीहरु पनि सवार थिए ।