कलैया । भन्सार छली ल्याएको खुद्रा सामान तथा लत्ताकपडाहरू लोड रहेको ट्रक सहित एक जना लाई पर्सा प्रहरी ले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २५ का सागर राय रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा वाट खटिएको प्रहरी टोलिले वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित घण्टाघर सडकखण्डमा ना.३ ख २२९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी पोखरातर्फ लग्दै गरेको उक्त ट्रक र कपडा सहित राय लाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उक्त सामानको मुल्य ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।







