साजिर मन्सूर ,कलैया । मनकामना बहुमुखी सहकारी संस्था लिमिटेडको ९औ साधारण सभा सम्पन्न भएको छ । बारा सदरमुकाम कलैया स्थित बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट मा आयोजना भएको कार्यक्रममा यस सन्स्थाले कलैयाको आर्थिक छेत्रमा सहयोग गर्दै आवस्यकता भएकालाई सहज र सरल तरिकाले ऋण लगानी गरि आर्थिक हैसियत उकास्नु पर्नेमा उपस्थित सबै शेयर धनिले गरेका छन ।

सन्स्थाले सबै खालका समिती र उप समितिमा समावेशी धारणा अनुरुप सबै छेत्रलाई समेटिएको सन्चालकले जनाएको छ । समाजमा थुप्रै सहकारी संस्था रहेपनी अधिकान्स ले केवल मुनाफा को दौडमा रहेको भन्दै हामिले सन्स्थाको बिकास सङ्गै आम जनताले आफ्नो महसुस हुने खालले अगाडी बढाउनमा जोड दिइएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सान्सद पारस साहले सम्पुर्ण शेयर धनीले केवल साधारणसभा मा सहभागी हुने मात्र नभैइ सबैले हरेक खालका क्रियाकलापलाई नियाल्नुपर्ने र सबैले आ आफ्नो उतरदायीत्व निर्वाह गर्नुपर्ने बताए ।

साहले सबैले आ आफ्नो लगानी कसैको बिश्वासमा लगाउने गरेपनी बिश्वास मा कमि आउनु संस्थाको लागि नकारात्मक भएको भन्दै संस्थामा त्यस्तो बाताबरण बन्न बाट रोक्नुपर्ने बताए । साहले अन्य लघुबित संस्थाले गोलिया बनाएर ऋण लगानी गर्ने र उठाउने प्रक्रिया जस्तै हामिले समेत गर्यो भने सन्स्थाको उदेश्य पूरा हुने बताए । सहकारीले केवल मुनाफा हैन सेवामुलक कार्यक्रम मा समेत जोड दिनुपर्ने बताए । सेवामुलक कार्यक्रम नगर्दा कुनै पनि संस्थाको चौतर्फी बिकास हुन नसक्ने साहले बताए ।

सन्स्थाको प्रचारप्रसारले मात्र बचतकर्ता ध्यान तान्न सकिने साहले बताए । कार्यक्रममा बोल्दै शेयरधनी चुमनबाबू केवटले जिल्लामा धेरै सहकारी भए पनि धेरै कम मात्रामा मात्र बहुमुखी सहकारी भएको भन्दै हामिले बहुमुखी संस्था को मान्यता अनुरुप काम गर्न नसक्नुलाई कमजोरी भएको बताए । केवटले बिज्ञहरुको सल्लाह सुझाव लिएर अन्य धेरै सेवा प्रवाह गर्नमा लाग्नुपर्ने बताए ।

केवटले सिमित शेयरधनीमा मात्र सन्स्थालाई धेरै उचाईमा पुग्न नसक्ने भन्दै शेयरधनिको संख्या बढाउनुपर्नेमा जोड दिए । सोही अवसरमा सन्स्थाको रिक्त रहेको सचिव पदमा शेयर धनी सुशिल कुमार पौडेललाई चयन गरिएको सन्स्थाका उपाध्यक्ष सुनिल कुमार साहले जनाए । संस्थाको सन्स्थापक सदस्य ६१ जना र साधारण सदस्य १४ सय ४५ जना रहेको संस्थाको ब्यवस्थापक प्रीती शर्माले जनाईन। शर्माले सन्स्थाको लगानी ४ करोड र पुजि ९० लाख ५० हजार रहेको शर्माले बताईन ।

संस्थाको अध्यक्ष किशोर कुमार साहको अध्यक्षता एवम प्रदेश सान्सद पारस साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाको सन्चालक समितिको पदाधिकारी तथा शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर