कलैया । स्थानीयतहको चुनाव आउँदो वैशाखभित्रै हुने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भएको छ ।
शुक्रवार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा आयोजित राजनीतिक दल, नागरिक समाज र पत्रकारहरू सहभागी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताउनु भएको हो ।
उनले कार्यक्रम लाई सम्बोधन गर्दै स्थानीय तहको पाँच वर्षे पदावधि जेठ ५ गते सकिने र पदावधि सकिनभन्दा दुई महिना अगाडि चुनाव गराउनुपर्ने कानुनी व्यवस्था भएकाले २०७९ वैशााखसम्म चुनाव गराउने तयारी आफुहरु गरिरहेको बताउनु भयो ।
अहिले देशैभरि मतदाता नामावली सङ्कलन भइरहेकाले सबैले आफ्नो नामावली दर्ता गराउन थपलियाले आग्रह गर्नुभयो
। स्थानीयतहको चुनावलाई लक्षित गरी अहिले पुस २० गतेभित्र नामावली सङ्कलन भइरहेको छ । आफू बसेकै ठाउँमा नामावली दर्ता गराउन सकिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।