कलैया । नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ९१ सदस्यीय पोलिटब्यूरो गठन गरेको हो ।
आज बसेको दोस्रो केन्द्रीय कमिटी को बैठक ले बारा बाट तीन नेता लाई पोलिटव्युरो सदस्य मा नियुक्त गरेको हो ।
बैठकले पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, पुर्व प्रधानमन्त्री केपी शर्मा ओलिका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र पुर्व प्रदेश सांसद एवं पुर्व कृषि मन्त्री ज्वाला साह लाई पोलिटव्युरो सदस्यमा चयन गरेको हो । ज्वाला साह यस अघि नेकपा एमाले प्रदेश २ को अध्यक्षमा हुनुन थियो । उनलाई अध्यक्ष बाट हटाएर पोलिटव्युरो सदस्यमा चयन गरिएको हो ।