
कलैया । नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट मुस्लिम तर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।
शुक्रबार सप्पन्न मतगणनामा २७७६ मत ल्याएर मुस्लिमकोटा बाट फरमुल्लाह मन्सुर विजयी भएका हुन् । अर्का उमेदवार शेख वकिलले १८७१ मत ल्याएका छन् ।
मन्सुर शेरबहादुर देउवा को प्यानल र वकिल कोइराला को प्यानल बाट उम्मेदवारी दिएका थिए । त्यस्तै थारु तर्फ बाट उमकान्त चौधरी विजय भएका छन् । कृष्णप्रसाद सिटौला समुहबाट देउवा प्यानलमा भाग पाएर लडेका चौधरी वर्तमान खानेपानी मन्त्री हुन् ।