कलैया । बारा को महागढिमाई नगरपालिका वडा नम्बर ६ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त वडा मा रहेको बबुआइन स्वास्थ्य चौकीमा सोमबार एक कार्यक्रमका बीच शिविर सम्पन्न भएको हो ।
किरण आँखा अस्पताल को आयोजना मा भएको निशुल्क आँखा शिविरमा १८४ जनाले उपचार गराएको बबुआइन स्वास्थ्य चौकी का प्रमुख सुमन कुमार चौरसीया ले बिश्वास एफ एम लाई बताउनु भयो ।
त्यी मध्ये ७० जना मोतियाबिन्दु भएका बिरामी ले उपचार गराएका हुन् ।







