
साजिर मन्सुर,कलैया । नेपाली काङ्ग्रेस का प्रभावशाली नेता एवम नव निर्वाचित केन्द्रिय सह महामन्त्री फर्मुल्लाह मन्सूरले काङ्ग्रेसको नेतृत्व लायक,योग्य र सक्षमले मात्र गर्ने बताएका छन ।
बारा सदरमुकाम कलैया स्थित काङ्ग्रेस पार्टी कार्यालय मा आयोजित सह महामन्त्रीको स्वागत एवम सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका मन्सूरले यस्तो बताएका हुन । सह महामन्त्री मन्सूरले काङ्ग्रेस महाधिवेशन आफैमा एउटा ठूलो कुम्भ मेला रहेको र यो काङ्ग्रेस को आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएकोले यसलाई सबैले आत्मसात गरेको बताए ।
मन्सूरले पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउदै सबैले स्वस्थ प्रतिस्पर्धामा सहभागी भएर पार्टी लाई मजबुत बनाएको भन्दै हिजो को कुन गुट उपगुट बाट लडेको त्यसबाट आफुलाई र पार्टी लाई कुनै मतलब र बहस नरहने र अब सबै एक ढिक्का भएर आउने हरेक तहको निर्वाचनका लागि चट्टाने अडानका साथ काङ्ग्रेस लाई जिताउन लाग्नुपर्ने बताए ।
चाकरी चापलुसी र खुट्टा तान्ने प्रवृत्तिलाई अन्त्य गर्न सके मात्र काङ्ग्रेस एक ढिक्का भएर अगाडी बढ्ने मन्सूरले बताएका छन । यश अघि नेता मन्सूरले पार्टी कार्यालयमा रहेको बिपिको शालिकमा टीका लगाएर माल्यार्पण गरि बिपिको मेलमिलाप आज पनि सान्दर्भिक रहेको बताएका थिए । आज बिहान ११ बजे सिमरा विमान स्थलमा स्वागत गर्ने भनोए पनि मौसम प्रतिकुलका कारण सह महामन्त्री मन्सूर हेलिकप्टर बाट बारा आएका हुन ।
काङ्ग्रेस कलैया नगर कार्यसमितिको अध्यक्ष पुरुशोतम सिंह पाण्डे को अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस का नव निर्वाचित प्रदेश २ का उप सभापती चन्द्रशेखर यादब,पुर्व मन्त्री कलावती पास्वान,जिल्ला सभापती जयचन्द्र प्रसाद चौरसिया,कलैया उपमहानगरपालिका का मेयर राजेश राय यादब,उप मेयर रहिमा खातुन लगायतकाको उपस्थिति रहेको थियो ।