वीरगञ्ज । कोभिडका जटिल बिरामीको उपचारका लागि नेपालको प्रवेशद्वार पर्साको वीरगञ्ज भन्सार कार्यालयभित्र निर्माण गरिएको होल्डिङ सेन्टरमा तत्कालका लागि ४०० शय्या व्यवस्थापन गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै पूर्वतयारीका लागि कोभिडका जटिल बिरामीको उपचारका लागि होल्डिङ सेन्टरमा ४०० शय्याको व्यवस्थापन गरिएको हो ।

नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सोको पूर्वतयारीका लागि सेन्टरको व्यवस्थापनसहित इनर्वानाका र वीरगञ्ज नाकामा हेल्थडेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारीले दिनुभयो । जटिल भएका सङ्क्रमित आएमा होल्डिङ सेन्टरमा राख्ने र उनीहरुलाई खानासहितको आवश्यक जोहो गर्ने कार्यमा महानगरपालिका, जिल्ला कोभिड समन्वय समितिसहित सरोकारवाला निकायसँग समन्वय अघि बढाइएको प्रजिअ ढकालले बताउनुभयो ।

नेपाल–भारतको आवतजावतस्थलका रूपमा रहेको पर्साका विभिन्न नाका हुँदै नेपाल भित्रने नागरिकलाई लक्ष्य गरी कोभिड परीक्षणबाट सङ्क्रमित देखिएमध्ये जटिल बिरामीलाई उक्त होल्डिङ सेन्टरमा उपचारका लागि राखिने छ । भन्सार कार्यालयभित्र निर्मित एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर निर्माण जारी छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर