
कलैया । प्रसौनी गाउँपालिकाले नेपाल प्रहरी र शस्त्र प्रहरी दुबै सुरक्षा निकाय का प्रमुख को बिदाई तथा सम्मान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही र शस्त्र प्रहरी का प्रमुख प्रहरी उपरीक्षक रबिन राज कर्णजित को बिदाई तथा सम्मान गरेको हो । आज एक कार्यक्रम का बीच गाउँपालिकाले ऊनीहरु दुबै लाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले नागरिक र प्रहरी बिचको सम्बन्ध ले नै समाजमा शान्ति स्थापना गर्न भुमिका खेल्ने बताएका छन ।
बिदाई समारोहमा बोल्दै प्रहरी नायब उपरीक्षक शाहीले नागरिकको सहयोग बिना प्रहरीले समाजमा आफ्नो भुमिका स्थापित गर्न नसक्ने बताए । त्यस्तै शस्त्र प्रहरी का प्रमुख कर्णजितले नागरिकको जिवनमा सुरक्षा प्रमुख स्थानमा पर्ने हुदा शस्त्र प्रहरीले नाकामा मात्र नभई भित्रि पाटोमा शस्त्र प्रहरी सक्रिय रहेको बताए । प्रसौनी गाउँपालिकाले शान्ति स्थापना गर्न ठुलो भुमिका खेलेको भन्दै दुबैले धन्यवाद समेत ज्ञापन गर्नुभएको होप ।
उक्त कार्यक्रम मा प्रसौनी गाउँपालिका का अध्यक्ष भोला प्रसाद गुप्ता , उपाध्यक्ष गिता साह , प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी , विभिन्न वडा का वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य तथा गाउँपालिका का कर्मचारी को सहभागीता रहेकोे थियो ।