
कलैया । धनुषामा चाँदीका गरगहनासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ५ बाट सुनसरीको इटहरी उपमहानगरपालिका-५ शिवालय टोलका ३० बर्षीय कुमार खाती रहेका छन् ।
प्रदेश नं. १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकलमा सवार खातीको साथबाट ९ किलो ७ सय ६७ ग्राम चाँदीको गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।
बरामद भएको चाँदीको गहनाको बजार मूल्य ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ छ । पक्राउ परेका खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधामको जिम्मा लगाइएको प्रब्क्ता बस्नेतले बताए ।