
कलैया । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ सोल्टीपुलमा ट्याक्टरको ठक्करबाट आज बिहान एक जना विद्यार्थीको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका वडा नम्बर ७ नेपाल दर्शन कलेजका विद्यार्थीका २१ वर्षीय निश्चल बानियाको मृत्यु भएको हो ।
बानियाँले चलाएको प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालक मोहन तामाङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।