![](https://bishwasfm.com/wp-content/uploads/2022/01/1642070401927.jpg)
कलैया । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।
आज कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन ।
उनले भने , ” अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ। आवश्यक्ता हेरेर खास ठाउँमा त्यो विचार पुर्याएर हामी लकडाउन गर्नेछौँ। सजिलैसँग लकडाउनमा जाँदैनौँ। ”
मन्त्री खतिवडाले कोरोनाको नयाँ भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न समेत आग्रह गरेका छन् ।