कलैया । सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पुस २८ गते माघको पहिलो हप्तादेखि बुस्टर मात्रा दिने मन्त्रीस्तरीय निर्णय भएको हो ।
स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै बुस्टर मात्राको ओप लगाउन निर्देशन दिएको छ ।