साजिर मन्सुर ,कलैया । विवेकशिल साझा पार्टी संगठन निर्माण कार्यक्रम बाराको सदरमुकाम कलैयामा सम्पन्न भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको बरेवा दरबार होटलमा शनिवार एक कार्यक्रम का बीच उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएको विवेकशील साझा पार्टीले बारा सहित देशैभरि संगठन बिस्तारको विशेष अभियानमा जुटेको छ ।

उक्त अभियानले बारामा पनि सदस्यता वितरण, पार्टीका विभिन्न तहगत समितिहरुको निर्माण, सदस्यहरुको लागि अभिमुखिकरण प्रशिक्षण, खुला अन्तरक्रियात्मक कार्यक्रम, भेला तथा सभाहरुको आयोजनाहरु भैरहेको छ ।

शनिवार भएको कार्यक्रममा विवेकशील साझा पार्टीका सँयोजक रवीन्द्र मिश्रको प्रमुख अतिथि रहेको थियो । त्यस्तै कार्यक्रम को विशिष्ट अतिथी पार्टीका बारा जिल्ला अध्यक्ष डा . सुशिल साह को रहेको थियो ।

हाल सम्म पार्टी को सदस्यता गयासुलाह मँसुर , सँताेष साह , सुरेश सहनी , राजिव साह, उदिप यादव सहित ३५ जनाले ग्रहण गरेको पार्टीले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै पार्टीका सँयोजक मिश्रले बिबेक भएका तमाम जनता यो पार्टी मार्फत देशको बिकास गर्ने एजेण्डा हाम्रो साथ दिने बताउनु भयो । साथै सारा नेपाली जनताको भरोसा एक दिन विवेकशील साझा पार्टी मै हुने मिश्रले बताएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष डा. साहले विवेकशील साझा पार्टीले मूल्य-मान्यतामा आधारित सुसंस्कृत राजनीति गर्न खोजेको र आफ्नो पार्टीको राजनीतिक विचारधारा कल्याणकारी र सहभागितामुलक लोकतन्त्र भएको वताउनु भएको छ । उनले विचारभन्दा माथि देश याे पार्टीको मुल एजेण्डा रहेकाे बताउनु भयाे ।पार्टी लाई बारामा हरेक जनताको घर दैलो सम्म पुगेर बाराली जनताको साझा पार्टी बनाउने जिल्ला सम्योजक साहले बताउनु भयो

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर