
कलैया । प्रदेश नम्बर २ को राजधानी जनकपुर घोषणा भएको छ । प्रदेशसभामा आज सम्पन्न मतदानमा जनकपुरको पक्षमा ७८ मत परेपछि जनकपुरधाम प्रदेश नम्बर २ को राजधानी घोषणा भएको हो ।
७८ भनेको दुई तिहाई भन्दा बढी हो । प्रदेश सभामा १०४ जना सांसद छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।
अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।