कलैया । नेकपा एमाले बाराका दर्जनौं नेता कार्तकर्ता लाई कोरोना संक्रमण पुष्टि भएको छ । पार्टी को १० औं जिल्ला अधिवेशनमा कलैया आएका केन्द्रिय महासचिव शंकर पोख्रेल लाई कोरोना संक्रमण पुष्टि भए पछी अधिकांस नेता तथा कार्यकर्ता कन्ट्र्याक्ट ट्रेसिङ्गमा परेका थिए ।

नेकपा एमाले बाराका ईन्चार्ज बलबिर चौधरी , केन्द्रीय सदस्य एवं पोलिटब्युरो सदस्य ज्वाला साह , प्रदेश सचिब एवम जितपुरसिमराका नगरप्रमुख डा . कृष्ण पौडेल लगायत अधिकांस नेता लाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भए पछी सबै नेताहरू होम आइसोलेट भएका छन् । यता आज हुने भनिएको नवनिर्वाचित पदाधिकारी को शपथग्रहण समेत स्थगित भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर