
कलैया । प्रादेशिक अस्पताल कलैया को प्रयोगशाला गरिएको परिक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पताल को प्रयोगशाला मा २७ जनाको परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बताउनु भएको छ ।
संक्रमण पुष्टि भएका मध्ये कलैया उपमहानगरपालिका को विभिन्न वडाको ९ जना रहेका छन् । त्यस्तै कोल्हवी, प्रसौनी , परवानीपुर र इटहरी को एक/एक जना रहेका छन् । यता नारायणी अस्पताल को पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा बारा जिल्ला का ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।