कलैया । स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । सहमत भए पनि निर्वाचनको विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरुले बताएका छन् ।

छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई बताए । बिहीबार मन्त्रिपरिषदको नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर