कलैया । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को तेजारथ टोलमा रहेको मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार भएको हो ।

प्रदेशको राजधानी जनकपुर घोषणा भए पछि वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग गर्दै हिजो पनि मुख्यमन्त्री राउतको पुत्ला जलाइएको थियो । आज फेरि ढुङ्गा प्रहार गरेपछि राउतको घरको  सिसा फुटेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले निकालेको र्‍यालीबाट निस्केर एक युवकले मुख्यमन्त्रीको घरमा दुईवटा ढुङ्गा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । ढुङ्गा प्रहारबाट सामान्य क्षति भएको छ ।

ढुङ्गा चलाउने को हो र उसले चलाइरहेको मोटरसाइकलको सनाखत समेत भएको र खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर