
कलैया । बाराको सदरमुकाम कलैयामा मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको छ । कलैयामा रहेको पुजा लजमा एक भारतीय नागरिक शनिवार विहान मृत अवस्थामा भेटिएका थिए ।
भारतको उत्तर प्रदेश मुजफरपुर बस्ने ३८ वर्षीय शैयद इमरान जेली मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । मृतक जेली माघ ४ गते देखि लजमा बस्दै आएका थिए । प्रहरी प्रब्क्ता थापाका अनुसार शुक्रवार राती पानी पिएर आफ्नो कोठामा गएको र शनिवार बिहान लजको कर्मचारीले ढोका खोल्न भन्दा नखोलेको बताए ।
मृतक को शव कलैया अस्पतालमा राखिएको छ भने उनको परिवारजन लाई खोज्ने काम भैरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो । घटना बारे थप अनुसन्धान भैरहेको समेत उनले बताए ।