
कलैया । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ बाराले प्रधानमन्त्री शेरवहादुर देउवाको पुतला जलाएको छ । राष्ट्रिय युवा संघ बाराले विभिन्न माग राख्दै सदरमुकाम कलैया को भरत चौकमा प्रधानमन्त्री देउवा को पुतला दहन जलाएको हो ।
ऊनीहरुले “स्थानीय निर्वाचन मिति घोषणा गर” “रेणु यादवलाइ बर्खास्त गर” नारा संगै कलैयाको नगर परिक्रमा गर्दै भरत चौकमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेको हो ।
राष्ट्रिय युवा संघ बाराका अध्यक्ष पुरुषोत्तम साहको नेतृत्वमा भएको प्रदर्शनमा युवाहरुले स्थानीय तहको निर्वाचन समय
मै हुनु पर्ने माग गरेका छन् । साथै ऊनीहरुले गौर नरसंहार दोह्याउने र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हत्या गर्ने धम्की दिएकी भौतिक पुर्वाधार मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग समेत गरेका छन् ।