कलैया । लागु औषध सहित बाराका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१३ बलिरामपुर बस्ने वर्ष ३७ को निरज कुमार मेहता रहेकोे प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकाष्पदरूपमा पैदल हिंडिरहेका मेहता लाई चेक जाँच गर्दा लागु औषध बरामद गरेको हो ।

मेहताले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन ८० एम्पुल, डाइजीपाम ८० एम्पुल र फेनारगण ८० एम्पुल गरी जम्मा २४० एम्पुल फेला बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।
मेहेतालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर