कलैया । १५ वर्षीय बालिका लाई पटक-पटक बलात्कार गरेको आरोपमा वीरगञ्जबाट एक युवक लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-७ रामटोल निवासी २० वर्षीय भनु यादव भनिने मुन्ना प्रसाद यादव रहेका छन् ।
पक्राउ परेका यादवले विगत लामो समयदेखि बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगेर पटक-पटक बलात्कार गरेको र
माघ ५ गते पनि वीरगञ्ज महानगरपालिका-७ भिष्वा टोलस्थित साथीको कोठामा लगी पुन: बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

बालिकाको अभिभावकले माघ ९ गते जाहेरी दर्खास्त दिएको र त्यही आधारमा सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

पक्राउ परेका यादवमाथि जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रब्क्ता खनालले जानकारी दिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर