साजिर मन्सूर
कलैया,माघ ११

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य कुरान अलिले मधेस प्रदेशको समाजिक बिकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन । विभिन्न माग सहित अलिले समाजिक बिकास मन्त्रालयका अधिकृत नबि दासलाई ज्ञापन बुझाएको बताएका छन । ज्ञापनमा कोभिड–१९ महामारी व्यवस्थापन र स्वास्थ्यकर्मीको उपचार, वीमा र प्रोत्साहको को विषयमा विभिन्न १५ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र पठाएका छन। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा आबद्ध स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को ओमिक्रोन भेरियन्ट समुदायस्तरमै तीव्र रुपमा फैलिइरहेको र स्वास्थ्य संस्थामा अधिकांस स्वास्थ्यकर्मीहरु संक्रमित भएको भन्दै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सक्रियताका साथ सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका छन। ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, सो सुविधा उपलब्ध नगराउने संस्थाहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, अस्पताल र स्वास्थ्य संस्थामा सेवारत रहदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीहरुका लागि सुविधायुक्त आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरुको निःशुल्क उपचार गर्नुपर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीको यथाशीघ्र बीमाको व्यवस्था गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै, सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भनेको जोखिम भत्ता हालसम्म पनि पूरा उपलब्ध नगराएकोले तुरुन्त उपलब्ध गराउनुपर्ने, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री र निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरिनुपर्ने, हाल खोप केन्द्रहरुमा देखिने भीड नियन्त्रणका लागि पर्याप्त मात्रामा स्वयम्सेवक र सुरक्षाकर्मी परिचालन गरिनुपर्ने, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा हुने भीडभाड, तोडफोड र हातपात गर्न खोज्नेलाई तुरुन्तै कारवाहीसँगै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, यथाशक्य चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध पूर्णमात्रा खोपको व्यवस्था गरिनुपर्ने, करारमा नियुक्त भई निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको म्याद थप गरिनुपर्ने, कडाइका साथ जनस्वास्थ्यको मापदण्ड पालना गराउन कडाइ गरिनुपर्ने, खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको व्यवस्था गरिनुपर्ने, अस्पताल, सिमानाका हेल्थ डेस्क र स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा सुचारु गर्न थप जनशक्ति व्यवस्था गरिनुपर्ने र संघ तथा प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा–बढुवा, स्तरबृद्धिलगायतका नियमित कामहरु पारदर्शी ढंगले सञ्चालन गर्न माग गरिएको अलिले जनाएका छन । उक्त अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल धनुषा शाखा अध्यक्ष बिगुल यादब,सदस्य प्रदिप कुमार पटेल लगायतकाको सहभागिता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर