काठमाडौ । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो ।नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702