कलैया । राष्ट्रिय जनगणना २०७८ अनुसार बाराको १६ स्थानीयतह मध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको कलैया उपमहानगरपालिका भएको छ ।

कलैयाको जनसङ्ख्या १ लाख ४१ हजार १ सय ७९ भएको छ । जसमा पुरुष ७२ हजार ५ सय ४० र महिला ६८ हजार ६ सय ३९ छन् । त्यस पछी जितपुरसिमरा र महागढीमाई को जनसङ्ख्या बढी छ । 

जितपुरसिमरा उपमहानगरपालिकाको जनसंख्या १ लाख १९ हजार १ सय ४१ र महागढीमाई नगरपालिकाको ५९ हजार ७ सय ४४ रहेको छ । त्यस्तै सबैभन्दा कम जनसंख्या प्रसौनीको रहेको छ । प्रसौनी गाउँपालिकाको जनसंख्या २१ हजार ७ सय ४७ रहेको छ । जसमा पुरुष ११ हजार १ सय ४६ र महिला १० हजार ६ सय १ छन ।

बारा जिल्ला मा कुल जनसंख्या ७ लाख ४३ हजार ९ सय ७५ रहेको छ । जसम पुरुष ३ लाख ८० हजार १ सय ९२ र महिला ३ लाख ६३ हजार ७ सय ८३ यो जनसंख्या ०.७५ प्रतिशतले वृद्धि भएको छ । १० वर्षको अन्तरमा जिल्ला को जनसंख्या ५६ हजार २ सय ६७ ले बढेको छ । यस भन्दा अघि २०६८ सालमा ६ लाख ८७ हजार ७ सय ८ जनसंख्या रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर