कलैया । महागढीमाई नगरपालिकामा उधम शिलता बिकास तालिमको आज उद्घाटन भएको छ ।

गरिबी निवारणका लागी लघु बिकास कार्यक्रम अन्तर्गत महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरमा उधम शिलता बिकास तालिमको उद्घाटन भएको हो । नगर प्रमुख उपेन्द्र प्रसाद यादवले शुक्रवार एक कार्यक्रमका बीच उक्त कार्यक्रम उद्घाटन गर्नु भएको हो । ” सीप सिकौ स्वरोजगार बनौ समृध नेपालको निर्माण गरौ ” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा उद्घाटन गर्दै नगर प्रमुख यादवले तालिमको मुल उद्देश्य महिलाहरूलाई पुरूष सरह समानताको हक भएकोले अन्तर्निहित प्रतिभालाई प्रोत्साहन गर्न , स्थानीय सिपमुलक , रोजगारमुलक र ब्यवसायमुलक तालिम उपलब्ध गराउने लक्ष्य रहेको बताएका छन् ।

उद्घाटन कार्यक्रममा उपप्रमुख तारा देवी , निमित्त प्रमुख प्रशासकिय अधिकृत बिजय कुशवाहा , योजना प्रमुख महेन्द्र कुशवाहा , लेखापाल मनिष कलाकार लगायत तालिममा सहभागी महिलाहरूको उपस्थित रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर