कलैया । गत कात्तिक २५ गते छठ पर्व को दिन दुई पक्षबीच भएकाे झडपमा परी घाइत भएका कलैया उपमहानगरपालिका वडा नम्बर १९ बस्ने १८ वर्षीय राधेश्याम राउत कुर्मी काे एन एस न्युरो तथा जेनेरल होस्पिटल मा मृत्यु भए पछी उनको परिवारलाई क्षतिपूर्ति को माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाइएको छ ।

विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र कुमार सिंहनेतृत्वको टोलीले शुत्रबार गृहमन्त्री खाण लाई ज्ञापनपत्र बुझाएका हुन ।

गृहमन्त्री को भेटको क्रममा जिल्ला प्रशासन कार्यालय बारा को सभाहलमा दुबै पक्ष को उपस्थितिमा सहमति अनुसार मृतक पटेलको उपचार खर्च ११ लाख २४ हजार २० रुपैयाँ तथा मृतक परिवारले पाउनु पर्ने १० लाख क्षतिपुर्तीको रकम यथासिघ्र उपलब्ध गराउन टोलिले माग गरेको हो ।

परिषदले गत माघ १० गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफल र सहमति अनुसार स्व. पटेललाई यथाशीघ्र धर्मिक सहिद घोषणा गरि निजको परिवारले पाउनुपर्ने क्षतिपूर्ति भराइपाउन , दोषी   लाई कडा कार्वाही हुनुपर्ने माग गरेको छ ।

ज्ञापन पत्र बुझदै गृहमन्त्री खाणले तत्कालै पिडित परिवारलाई सम्पूर्ण क्षतिपर्ती उपलब्ध गराउन आवश्यक प्रकृया अगाडी बढाउँन अर्थ सचिवलाई आदेश दिएका छन् । उक्त घटनामा मृतक परिवारलाई कलैया उपमहानगरपालिकाले पनि १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर