कलैया । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ टोल बतरामा बेहुला चढ़नका लागि तयार गरिएको रथले किचेर ज्यान गुमाएका मृतक परिवारलाई नगद रु २/२ लाख सहयोग गरिएको छ ।

आदर्श कोतवाल गाउपालिकाका लोसपा युवा नेता तथा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सद्दाम अंसारीको पहलमा मधेश प्रदेशका सभामुख सरोज कुमार यादवले आर्थिक सहयोग गरेका छन ।

गएको माघ ९ गते साँझ जन्ति बोक्ने रथले कीचिएर मृत्यु भएका परिवारलाई आज भेटेर राहतस्वरुप सभामुख यादबले २/२ लाखका दरले आर्थिक सहयोग गरेको लोसपा नेता अन्सारीले जनाएका छन ।उक्त दुर्घटनामा परी रथमा सवार बतराका बनारसी रामको १५ बर्षीय छोरी नीलम कुमारी र सिम्रौनगढ़ नगरपालिका वडा नम्बर ७ जानकीनगरका दीपेन्द्र रामकी श्रीमती २५ बर्षीय बाल कुमारी रामको मृत्यु भएको थियो।

सो रकम हस्तान्तरण गर्दै सभामुख यादवले , “ राहत हस्तान्तरण गर्न ढिलो भए पनि यस रकमले परिवारलाई केही सहयोग पुगोस् भनेर बिश्वास लिएको बताएका छन । “दुःखमा आफ्ना नागरिकलाई सघाउनु मेरो कर्तव्य हो,’ भन्दै मृतकहरुको आत्माको शान्तिको कामना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन । यादबले घाइतेहरुको उपचारमा लाग्ने खर्च समेत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

रथले मानव भिड़लाई कुल्चिँदै एक्कासि हुर्कीए पछि १६ जना भन्दा बढ़ी स्थानीय घाइते भएका थिए। घाइतेहरुको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

युवा नेता अन्सारीले आफुले जनताको हरेक सुख दुखमा सेवक भएर काम गर्ने र यो सोचलाई कहिल्यै नबद्ल्ने बताएका छन । मृतक र घाईते परिवारलाई स्थानिय सरकारले अपेक्षा अनुसारको सहयोग नगरेको मा आफुलाई अचम्म लागेको युवा नेता अन्सारीले बताएका छन । जनताको सेवा गर्नुको साटो जनप्रतिनिधि तथा कर्मचारी केवल भ्रस्टाचार गर्नमा ब्यस्त रहेको आरोप लगाउदै आफुहरुले यो जालो तोड्ने बताएका छ्न ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर