कलैया । राजस्व छलीको मुद्दामा उच्च अदालत पाटनले अदालतले तोकेको धरौटी बुझाउन नसकेर थुनामा परेका बाराको परवानीपुर–१ निवासी उमाशङ्कर रायभर आज रिहा भएका छन् । उनले आज पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

सर्वोच्च अदालतले रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो । यसअघि २०७७ फागुन १७ गते उच्च अदालतले उनीसँग ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न सकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।

रायभारमाथि २८ करोड रुपैयाँ राजस्व छली गरेको आरोप छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर